दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाद्धारा एकैदिन दुई प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सूचना सार्वजनिक भएको छ । आज सार्वजनिक भएको दुईटा सूचनामा फरक प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका छन् । अन्तिम नतिजा प्रकाशन गरिएको सूचनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदको हस्ताक्षर छ ।
आज नै सहयोगी छनौट गरी पठाइदिने भन्दै वडा कार्यालयलाई गरिएको पत्राचारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज जोशीले हस्ताक्षर गर्नुभएको छ। एउटामा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्दा अर्कोमा निमित्तले हस्ताक्षर गरेपछि प्रश्न उठेको छ ।
प्रमुख प्रशासकीय अधिकृत साउँदले निमित्तलाई जिम्मेवारी दिएर आफू दार्चुला आएको बताउनुभएको छ । पदपूर्तिको सूचनामा निमित्तले हस्ताक्षर गर्न नमिल्ने भएकाले आफूले हस्ताक्षर गरेको उहाँले बताउनुभयो । । ,‘म दार्चुलातिर छु । त्यसैले नवराजजी निमित्त हुनुहुन्छ । पदपूर्तिको सूचनामा निमित्तले हस्ताक्षर गर्न मिल्दैन । आजै जारी गर्नुपर्ने भएकाले मैले हस्ताक्षर गरेर फोटो खिचेर पठाएको हुँ’ साउँदले भन्नुभयो ।
तर गाउँपालिकामा अहिले सामान्य अवस्था भने नरहेको स्रोतले बताएको छ ।




