दार्चुलामा १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ २–४ सम्म खलंगामा हुने

दार्चुला । दार्चुलामा १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ २ गतेदेखि ४ गतेसम्म खलंगास्थित शिवनगर खेल मैदानमा सञ्चालन हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद अन्तर्गत जिल्ला खेलकुद समिति दार्चुलाको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

जिल्ला राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार आयोजना हुन लागेको प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तह—अपिहिमाल, नौगाड, मार्मा, दुहुँ, व्याँस, लेकम, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर र महाकाली नगरपालिकाबाट छनोट भएका छात्र तथा छात्रा खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो लगायतका विभिन्न खेल विधामा अन्तरपालिकास्तरीय प्रतिस्पर्धा हुने जनाइएको छ। यसअघि सबै स्थानीय तहमा पालिकास्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेका छन्।

जिल्ला खेलकुद समितिले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको नामावली, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, फोटोसहितको दर्ता फाराम तथा खेल विधा अनुसारको विवरण वैशाख ३० गतेभित्र अनिवार्य रूपमा कार्यालयमा बुझाउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। तोकिएको समयभित्र आवश्यक कागजात पेश नगर्ने पालिकालाई प्रतियोगितामा सहभागी गराइने छैन।

त्यसैगरी, प्रत्येक खेलाडीको फाराममा EMS कोड अनिवार्य हुनुपर्ने, खेल अनुसार छुट्टाछुट्टै फाइल तयार गरी पेश गर्नुपर्ने तथा पालिकास्तरमा छनोट भएका खेलाडीहरूलाई मात्र सहभागिता गराइने व्यवस्था गरिएको छ। सहभागी टोलीले आफ्ना पालिकाको झण्डा र खेल पोशाक अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने जनाइएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी तीव्र पारिएको जिल्ला खेलकुद समिति दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?