दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ ।

पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो । २१० रनको लक्ष्य पछ्याएको बैंगलुरुले ६ विकेट गुमाएर २०३ रनमात्र बनाउन सक्यो । लखनउको जितमा मिचेल मार्शले ५६ बलमा १११ रन बनाए । त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले १० बलमा ३२ रनको उत्कृष्ट ब्याटिङ गरे ।

बैंगलुरु १० खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनउ समान खेलमा ६ अङ्कका साथ तालिकाको पुछारमा छ ।

आईपीएलमा आज बेलुकी पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?