दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ ।

दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो । दिल्लीले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो ।

कोलकाताका फिन एलेनले ४७ बलमा शतक बनाए । आईपीएल अङ्क तालिकामा दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ भने कोलकाता १० खेलमा ९ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?