दार्चुला । नेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज स्कटल्याण्डको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल ए ले यसअघि विहिबार स्कटल्याण्डलाई र शुक्रबार अमेरिकालाई पराजित गरेको थियो ।

मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने विश्व क्रिकेट लिग–२ को तयारीका लागि क्यानले नेपाल ए टिमलाई स्कटल्याण्ड र अमेरिकासँग यी खेल खेलाइरहेको छ ।

नेपाल ए ले अर्को खेल मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

यो सिरिज खेल्ने नेपाल ए टिममा कप्तान अनिल कुमार साहसहित तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुम्रे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?