दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्सलाई ७७ रनले हराएको छ ।

हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थानले १६ ओभर ३ बलमा १५२ रन बनाएर अलआउट भयो । गुजरातको जीतमा कप्तान शुभमन गिलको ८४ रन तथा राशिद खान र जोशन होल्डरको उत्कृष्ट बलिङ महत्त्वपूर्ण रह्यो ।

राशिदले ४ र होल्डरले ३ विकेट लिए । जीतसँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स पाँचौँ स्थानमा छ । गुजरातको ११ खेलमा १४ अङ्क र राजस्थानको समान खेलमा १२ अङ्क छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्टस् तथा बेलुकी पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) र मुम्बई इन्डियन्सले खेल्दैछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?