दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका सामुदायिक विद्यालयमा १५ दिनको लागी बन्द भएका छन् । यार्चागुम्बा सङ्कलनका लागि अभिभावकसँगै विद्यार्थीहरू पनि लेकतिर जान थालेपछि गाउँपालिकाले विद्यालयहरुमा विदा दिएको हो ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वर्षे तथा हिउँदे बिदाबाट कट्टा हुने गरी वैशाख २७ गतेदेखि जेठ १० गतेसम्म गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा बिदा दिइएको छ ।

यार्चागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै अपिहिमाल गाउँपालिकाका अधिकांश अभिभावक तथा विद्यार्थीहरू यार्सा खोज्न लेकतिर गएका छन् । विद्यालय सञ्चालन गर्दा पनि विद्यार्थी उपस्थित नहुने अवस्था भएपछि हरेक वर्ष यसै समयमा वर्षे तथा हिउँदे बिदासँग मिलान हुने गरी विद्यालय बन्द गर्दै आइएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सर्वसाधारण र विद्यार्थीहरू यार्सा सङ्कलन हुने पाटनतर्फ उक्लिएपछि अपिहिमाल गाउँपालिकाका अधिकांश गाउँहरू अहिले सुनसान बनेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?