दार्चुला । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनीत हुनुभएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडूसहित विभिन्न जिल्लाका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्नुभएको हो ।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको बताउनुभयो ।

नेता बडूलाई शेखर कोइराला समूह निकट मानिन्छ । सभापति थापाले शेखर कोइराला समूहका बडूसहित ७ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभएको छ ।

यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जनालाई पनि केन्द्रीय कार्यसमितिमा मनोनयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?