दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई हराएको छ ।

हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २१० रन बनाएको थियो । पञ्जावले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।

पञ्जाब किंग्सको यो लगातार चौथो हार हो । आईपीएल अङ्क तालिकामा पञ्जाव ११ खेलमा १३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै दिल्ली १२ खेलमा १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सले खेल्दैछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?