दार्चुला । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रूपैयाँको बजेट सिलिङ तोकिएको छ । मंगलबार अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समितिको बैठकमा आगामी आवको बजेटको सीमाबारे जानकारी दिनुभयो।

उहाँका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो । यसै सिलिङमा रहेर बजेट निर्माण गर्न विभिन्न मन्त्रालय र निकायहरूलाई सीमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो ।

‘मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना र विवरण प्रविष्ट गरिसकेका छन् । अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेटका प्राथमिकता, अनावश्यक खर्च कटौती र अधुरा आयोजनाका बारेमा छुट्टाछुट्टै छलफल गरिरहेको छ’ सचिव उपाध्यायले भन्नुभयो ।

त्यस्तै, उहाँले चालू आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म २६ प्रतिशत भएको छ । अर्थ मन्त्रालयबाट सम्पादन भइरहेका रकमान्तर लगायतका कार्यहरू सम्बन्धित मन्त्रालयबाट नै हुने र यसबाट पुँजीगत खर्चमा बढोत्तरी हुनेगरि जिम्मेवारी दिएको उनले जानकारी दिनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?