दार्चुला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाबाट सहभागी विद्यार्थीमध्ये ३०.८३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यो नतिजा गत वर्षको तुलनामा करिब ५ प्रतिशतले कम हो । गत वर्ष जिल्लाबाट ३५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा दार्चुलाबाट २ हजार ४४५ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ७५४ जना ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् भने १ हजार ६९१ जना ननग्रेड (अनुत्तीर्ण) भएका शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशी ले जानकारी दिनुभयो ।

उत्तीर्ण भएकामध्ये १५ जनाले ३.६ देखि ४.० जिपिए प्राप्त गरेका छन् । गत वर्ष भने ४१ जना विद्यार्थीले उक्त जिपिए हासिल गरेका थिए । यस्तै, ७६ जनाले ३.२ देखि ३.६० जिपिए प्राप्त गरेका छन् ।

त्यसैगरी, २७६ जनाले २.८ देखि ३.२ जिपिए, २५१ जनाले २.४ देखि २.८ जिपिए तथा ५० जनाले २.० देखि २.४ जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?