दार्चुला । प्रतिपक्षी दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले नागरिकले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाकाे आजकाे बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको विगतमा जस्तै आलोचना गर्दै संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री शाह नागरिकको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र असक्षम बन्नु भएको हो कि भन्ने जिज्ञासासमेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको नागरिकका प्रश्नहरूको उत्तर नदिनु हो भन्ने बुझिन्छ । नागरिकका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? नागरिकको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल भन्न सकिन्छ ?’

अध्यक्ष साम्पाङले सरकारसँग नागरिक डराउनुपर्ने अवस्थालाई लोकतन्त्र भन्न नमिल्ने भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?