दार्चुला । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ ।

वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । नेपालका गुल्शन झाले नटआउट ६१, दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । स्कटल्यान्डका ब्राड करीले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २/२ विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्डले २९ खेलमा ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल २५ खेलमा १८ अङ्कसहित सातौँ स्थानमा छ ।

आजदेखि शुरू भएको लिग–२ शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।

यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।

यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग २÷२ वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?