दार्चुला । सगरमाथामा यस वर्षको वसन्तकालीन यामकाे आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ ।

दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार डोरी टाँग्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली ७ हजार ९०६ मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले ८ हजार ४०० मिटरमा रहेको बाल्कनी खण्डतिर डोरी टाँग्ने गर्ने काम गरिरहेको छ ।

मौसम प्रतिकूल नभएमा वा अरू कुनै समस्या नआएमा भोली बिहानसम्म डोरी टाँग्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ । हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाँग्ने काम अत्यन्त महत्त्वपूर्ण मानिन्छ जसले सयौँ आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ ।

यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत १ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन भएको छ । सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?