दार्चुला । बैतडीको डिलाशैनीमा एक जना पुरुष मृत फेला परेका छन् । डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ बर्षीय गणेशदत्त पन्त मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।
बुधबार बिहान घरबाट करीब १ सय मिटर टाढा रहेको बाटोमा पन्त मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाका बिषयमा अनुसन्धानका लागि धामीगाउँ प्रहरीचौकीबाट प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।




