आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाउने इरानको चेतावनी

दार्चुला । इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्द्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनुभएको थियो ।

गएको फेब्रुअरी २८ तारिखमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट शुरु भएको ४० दिनको लडाइँपछि इरान, अमेरिका र इजरायलले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका छन् । युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा सहमति हुन सकेन ।

विगतमा दुई पक्षहरूले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो तर ट्रम्पले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?