दार्चुलाको महाकाली-४ लास्कुबाट भन्सार छलिका सामान बरामद

दार्चुला । दार्चुलाको लास्कु खोला क्षेत्रबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।

महाकाली नगरपालिका–४ लास्कु खोलाबाट अन्दाजी ३१ हजार ७ सय ८५ रुपैयाँ बराबरका बिडी, सुर्ती, खाने तेल, काजु, बदाम र मिश्री लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?