दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले कोलकाता नाइट राइडर्सलाई हराएको छ । आरसीबी ६ विकेटले विजयी भएसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर १९२ रन बनायो । कोलकाताले दिएको १९३ रनको लक्ष्य पछ्याएको आरसीबीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आरसीबीको जीतमा कप्तान विराट कोहलीले अविजित रहँदै ६० बलमा १०५ रनको शतकीय पारी खेले । त्यस्तै, देवदत्त पडिक्कलले ३९ रन बनाए ।
आईपीएलको अङ्क तालिकामा आरसीबी १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेको छ भने कोलकाता ११ खेलमा ९ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे धर्मशालामा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सले खेल्दैछन् ।




