भरुवा बन्दुकसहित बैतडीमा एक पक्राउ

दार्चुला । बैतडीको पाटन नगरपालिका–२ कफलचुडा निवासी ४० वर्षीय सुरेन्द्र मल्ल भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

बुधबार साँझ विशेष सूचनाको आधारमा नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरी टोलीले मल्लको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त हतियार बरामद गरी मल्ललाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?