दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–६ सिरोडामा ३३/११ केभी विद्युत सब-स्टेसन निर्माण कार्य सुरु गरिएको छ। आज एक कार्यक्रमकाबीच निर्माण कार्य उद्घाटन गरिएको निर्माण पक्षका ओभरसियर अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ आजैदेखि काम सुरू गरिएको उहाँले बताउनुभयो। इनरजेटिक नेपाल प्रा.लि. ले निर्माण गर्न लागेको उक्त शव-स्टेसन निर्माण कार्य उद्घाटन कार्यक्रममा निर्माण प्रतिनिधि, कार्यक्रममा वडा सदस्य चञ्चल सिंह खत्री, स्थानीयबासी सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

चाडैं शव-स्टेसन निर्माण सम्पन्न गरी सेवा सुधार गरिदिनुहन अनुरोध गरिएको वडासदस्य खत्रीले बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?