दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले वैशाख महिनाभर जिल्लामा भएका अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार एक महिनाको अवधिमा १४ वटा मुद्दा दर्ता हुनुका साथै १५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार वैशाखमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी ज्यानसम्बन्धी ६ वटा रहेका छन् । महिला तथा बालबालिकासम्बन्धी २ र अन्य प्रकृतिका ६ मुद्दा दर्ता भएका छन् । चोरी, आत्महत्या, सवारी ज्यान तथा संगठित आर्थिक अपराधका घटना भने दर्ता नभएको प्रहरीले जनाएको छ ।

वैशाख महिनामा घरेलु हिंसासम्बन्धी ६ वटा उजुरी परेका थिए । ती सबै घटनामा आपसी मिलापत्र भएको र अदालतसम्म पुग्नुपर्ने अवस्था नआएको प्रहरीको भनाइ छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीमा ६ जना पीडित रहेको विवरणमा उल्लेख छ ।

हराएका ४ महिला र १ बालिकालाई प्रहरीले फेला पारी परिवारको सम्पर्कमा ल्याएको जनाएको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुरुपयोग, आत्महत्या न्यूनीकरण तथा व्यक्तिगत सुरक्षासम्बन्धी विद्यालय तथा समुदाय केन्द्रित १४४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

त्यस्तै अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी पक्राउ अभियानअन्तर्गत ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्येबाट १ वर्ष १० महिना १७ दिन कैद सजाय तथा ३० हजार ३०० रुपैयाँ जरिवाना असुल गरिएको छ । जिल्लामा लागूऔषध, अवैध मदिरा बिक्री वितरण, जुवातास तथा घरेलु हिंसाजस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र कानुनी कारबाहीलाई निरन्तर कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?