दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ ।

यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ ।

यसअघि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । अमेरिकाविरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाए । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ ।

दुवै टोलीले एक–अर्काविरुद्ध ५–५ खेल जितेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?