दार्चुला । दार्चुलामा वैशाख २७ गते दोस्रो चरणमा चुनाव हुने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते दार्चुला सहितका ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ र गण्डकी का ४० जिल्लामा चुनाव हुनेछ भने दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ ।
गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने घोषणा गर्नु भएको थियो ।




