आज २६ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालिन माओवादीले यो दिवस मनाउँदै आएका छन् ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालिन माओवादीले नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपाले यसअघि एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाए पनि यो वर्ष भने नेकपामा आएको विभाजनका कारण दाहाल–नेपाल समूहले मात्रै जनयुद्ध दिवस मनाउने भएको छ ।
यसैबिच दार्चुलाको मार्मा गाउँपालिकाले जनयुद्ध दिवस मनाउने भएको हो । गाउँपालिकाले बृहत रुपमा जनयुद्ध दिवस मनाउन पत्रचार गरेको छ । शनिबार आज मार्मा गाउँपालिकाले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा नेकपा प्रचण्ड नेपाल समूहका सुदूरपश्चिम सह इन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्य रहने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया