आज विश्व रेडियो दिवस मनाइँदै

दार्चुला । आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो ।

अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । दार्चुलामा हाल सात वटा सामुदायिक रेडियो नियमित प्रसारणमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?