अचेल के हुँदै छ यो समाजमा मनपरी छ
बलत्कार, भ्रष्टाचार जताततै हाराहारी छ।
न्याय छैन यो कस्तो न्यायलय आयो महोदय,
दोषी उम्किएर त निर्दोषी झै अगाडि बराबरी छ ।
नेताज्यू सक्छन जनता पनि तिम्रो जस्तै तामझाम बनाउन,
तर यता तमासामा,उता कोरोनाको महामारी छ ।
अबोध बालिकाले न्याय पाएनन आजसम्म पनि
निर्मला भागरथी जस्ताका बलत्कारी वरिपरि छ।
खोज्दै खोजेनौ कि ? भेटदै भेटाएनौ ?
खोज्यो भने त त्यो पापी यतै सवारी छ ।
लेखक :- खडक सिह धामी, मार्मा गाउँपालिका वडा नम्बर ६, दार्चुला ।




