दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष महादेव सिंह डडाललाई पितृ शोक परेको छ ।
मार्मा गाउँपालिकाको लटिनाथमा शनिबार (आज) आयोजित जनयुद्ध दिवस कार्यक्रमबाट फर्किने क्रममा वडाध्यक्ष डडालका बुवा अन्दाजी ७० वर्षीय नरे डडालको भीरबाट लडेर ज्यान गएको हो ।
जनयुद्ध दिवस कार्यक्रममा सहभागि बनेर घर फर्किने क्रममा आज बेलुकी करिब सात बजेतिर घर नजिकै भीरबाट लडेर ज्यान गएको मृतकका आफन्तले जानकारी गराएका छन् ।
यो पनि पढ्नुहोस : २६ औँ जनयुद्ध दिवस मार्मामा सम्पन्न (फोटोफिचर र भिडियो)




