दार्चुला । बैतडीको सिगास गाउपालिका वडा नम्बर ८ मा रहेको शिवलिङ्ग स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी राम सिंह ऐर सिगास गाउँपालिकाको वडा नम्बर ८ मा रहेको भूमिराज माण्डौंको कालो बनको भिरमा मृत अवस्थामा भेटिएका थिए ।
बर्ष ४५ का राम सिंह ऐरलाई पोष्ट मार्टमको लागि बझाङ जिल्लाको बिथ्थडचिर गाउँपालिकामा रहेको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेर निज ऐरको शवलाई भेट्टाएको दुई दिन पछि आज (आइतबार) सिगास गाउँपालिकाकै वडा नम्बर ६ मौरीबगरमा रहेको मसानघाटमा पुगेर उहाँका भतिजी बर्षा ऐर र छोरी महेश्वरी ऐरले दाग बत्ति दिनुभएको छ ।
सिगास गाउँपालिकामा छोरीले पहिलो पटक मसान घाटमै गएर मृत लाशलाई दागबत्ती दिएको यो पहिलो पटक हो । मृतक राम सिंह ऐरका ६ वटा छोरी र एक छोरा रहेका छन । “भाई सानो भएका कारण म आफै बाबाको अन्तिम शरिरलाई मसान घाटमा आएर दाग बत्ति दिन आएकी” हु मृतककी छोरी महेश्वरी ऐरले भन्नु भयो ।
म साहस गरेर दागबत्ती दिन आएकी हु, दाग बत्ती दिने समयमा सबै मलामी एव् गाउँलेलाई उहाले भन्नुभयो, मेरो वुवाको भिरबाट लडेर मृत्यु भनई हत्या गरी फालिएको आशंका गरेकी छु ।
सिगास गाउँपालिकामा मदिरा बन्द हुनु पर्छ, म लगायत मेरा ७ वटा अनाथ भाई बहिनी टुहुरा भयौं, मेरो बुवाको मृत्युको छानबिन सत्य तथ्य होस उहाँले भन्नुभयो । मेरो वुवाको सपना मलाई कञ्चनपुरमा रहेको भिमदत्त पोलिटेक्निङ ईन्स्टिच्यूटमा डिप्लोमा ईन्जिनियरिङ पढाउने थियो । तर सपना सबै वुवा सँगै गएको छ, उहाँले दुखेसो पोख्नुभयो ।
हाम्रो समाजमा अहिले सम्म मृत्यु संस्कारमा पुरुष मान्छेले मात्र मलामी जाने चलन रहेको छ ।





प्रतिक्रिया