दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्बावमा जङ्गली बदेलको आक्रमणबाट ३ जना घाइते भएका छन ।

आज विहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बदेललाई धपाउने क्रममा बदेलले आक्रमण गर्दा ३ जना घाइते भएको स्थानीय रिनु धामीले जानकारी दिनुभयो ।

घाइते हुनेमा स्थानीय १६ बर्षीय गोविन्द धामी, ७५ बर्षीया हजुर आमा धौली धामी, अन्दाजी २० बर्षीय अनिल धामी रहेको उहाँले बताउनुभयो ।

विहान जङ्गलबाट गाउमा पसेको बदेलले गोविन्दलाई घर आगनमै आक्रमण गरेको र नातीलाई बदmेबाट बचाउन खोज्दा हजुर आमा धौली धामी गम्भीर घाइते भएको स्थानीय रिनु धामीले जानकारी दिनुभयो ।

घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ, भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचार पछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ ।

गाउँ पसेको बदेललाई स्थानीय युवाहरुले मारेर प्रहरीलाई बुझाएको बताएका छन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?