तोकिएकै समयमा चुनाव हुने प्रधानमन्त्री ओलीको दाबी

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव वैशाखमै हुने बताउनुभएको छ । उहाँले अनावश्यक हल्लाका पछाडि नलागी चुनाव वैशाखमै हुने दाबी गर्दै त्यसका लागि जुट्न सबैलाई आग्रह गर्नुभयो ।

सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै उहाँले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विरोधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेको दाबी गर्नुभएको छ । उहाँले निराश हुनुपर्ने अवस्था नरहेको समेत बताउनुभयो ।

तीन वर्षमा सरकारले गरेका कामको चर्चा गर्दै उहाँले पुनर्निर्माण तथा पुनर्स्थापना, सडक, शिक्षा, खानेपानी, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेको बताउनुभयो । रेलमार्ग तथा सञ्जाल विस्तार, जल यातायात, सुरुङ मार्ग, ठूला जलविद्युतको काम भइरहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले रेल छिट्टै सञ्चालनमा आउनेसमेत दोहोर्‍याउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभूमिको रक्षा गर्न गम्भीरतापूर्वक लागेको बताउनुभएको छ । सरकारले सीमा विवाद समाधानमा निरन्तर पहल गर्दै आएको पनि उहाँले बताउनुभयो।

अघिल्लो वर्षदेखि सरकारले भारतसँग प्रमाणसहित छलफल र बैठक गर्दै आएको ओलीको भनाइ छ । साथै उहाँले सीमा विवाद छिट्टै समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?