प्रतिनिधि सभा विघटनबारेको फैसला आउन फागुन १५ कट्दैन : नेता नेम्वाङ

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट सदर हुने दाबी गर्नुभएको छ ।

नेकपा ओली समूहले विराटनगरमा गरेको आमसभामा नेता नेम्वाङले आफूहरुले सर्वोच्च अदालतको फैसला मात्रै कुरिरहेको र चाँडै चुनावका पक्षमा फैसला आउने बताउनुभयो । आउँदो ११ देखि १५ गतेसम्ममा सर्वोच्चबाट फैसला आउन सक्ने भन्दै नेता नेम्वाङले फैसला आउन १५ गते नकट्ने पनि दाबी गर्नुभयो ।

दुई तीहाई बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि प्रतिनिधि सभा विघटन गरेको भन्दै उहाँले चुनावको विकल्प नरहेको समेत बताउनुभयो । नेता नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री समेत ढुक्क रहनुभएको र आफूलाई पनि विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?