अपिहिमालमा एक सय ५५ जनालाई अपाङ्गता परिचयपत्र बितरण

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाले सञ्चालन गरेको अपाङ्गता परिचय पत्र वितरण तथा साधारण स्वास्थ्य शिविर सपन्न भएको छ ।

बिहिबार बाट सञ्चालन भएको अपांगता परिचय पत्र वितरण तथा घुम्ती स्वास्थ्य शिविर आज सपन्न भएको हो ।

गाउँपालिकाका ६ वटै वडामा सञ्चालन भएको उक्त कार्यक्रमबाट एक सय ५५ जनाले अपाङ्गता परिचय पत्र बनाएको अपिहिमाल गाउँपालिकाका योजना शाखा प्रमुख पानसिह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले थालेको वडा वडामा अपांगता परिचय पत्र वितरण तथा घुम्ती शिविर कार्यक्रम अन्तर्ग बिहीबार वडा नम्बर ५ र ६ का २५ जनालाई अपांगता परिचय पत्र वितरण गरेको थियो । जसअनुसार वडा नम्बर ५ र ६ मा क वर्गका ३ जना, ख वर्गका ९ जना, ग वर्गका १० जना तथा तथा घ वर्गका ३ जनालाई परिचय पत्र वितरण गरिएको योजना शाखा प्रमुख धामीले जानकारी दिनुभयो ।

यस्तै शिबिर अन्तर्गत शनिबार (हिजो) वडा नम्बर १ र २ का स्थानीयहरुलाई वडा नम्बर २ को घुसा स्वास्थ्य चौकीबाट ४१ जनालाई परिचय पत्र वितरण गरिएको छ । जसमा क वर्गका कुनै पनि व्यतिm परेका छैनन्, भने ख वर्गका ७ जना, ग वर्गका २९ जना, घ वर्गका ५ जना गरी शनिबार ४१ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै आज गाउँपालिकाको वडा नम्बर ३ र ४ को खण्डेश्वरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो । जसमा क वर्गका ५ जना, ख वर्गका १८ जना, ग वर्गका २५ जना र घ वर्गका ३४ जना गरि आज ८२ जनालाई परिचय पत्र वितरण गरिएको धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले आयोजना गरेको उक्त अपांगता परिचयपत्र वितरण तथा घुम्ती शिविर कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाबाट खटिएको डाक्टर नविन किशोर मल्ल नेतृत्वको स्वास्थ्य कर्मीको टोलीले जेष्ठ नागरीक, एकल महिला तथा विभिन्न किसिमका रोगबाट समस्यामा परेका नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण समेत गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?