दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।
पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ ।
त्यसै अन्तरगत दार्चुला जिल्लाको अध्यक्षमा गणेश सिंह खत्री र सचिवमा गणेश कुमार जोशी चयन हुनुभएको छ ।
यसअघि जिल्ला अध्यक्ष गणेशसिह खत्री प्रचण्ड नेपाल समूहमा रहेका थिए । उहालाई अहिले पनि निरन्तरता दिइएको छ ।
यसअघि नेकपाका सचिव रहनुभएका उदयसिह बडाल केपी ओली समूहतर्फ लागेपछि उहाँको ठाउँमा तत्कालीन नेकपाका जिल्ला सदस्य गणेश कुमार जोशीलाई चयन गरिएको हो ।
केहि दिन अघि जोशी नेकपा बामदेव समूहको जिल्ला संयोजक तोकिएको थियो ।
बामदेव समूहको जिल्ला संयोजक अस्वीकार गर्नुभएका जोशीलाई प्रचण्ड नेपाल समूहले सचिवको जिम्मेवारी दिएका हुन् । उहाँ तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुनुहुनुथ्यो ।
प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।
यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०र५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नौ बुँदे सहमति भएको थियो ।
पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।
कुन जिल्लामा कसले पाएँ नेतृत्व ?




