दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ को धामिगडामा एक जना मृत फेला परेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का अन्दाजि बर्ष ३१ बर्षीय जयदेव टमटा मृत अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
धामीगडा क्षेत्रमा दार्चुला–गोकुलेश्वर सडक भन्दा ५० मिटर तल भिरबाट खसेको अवस्थामा उहाँको शव फेला परेको उहाँले बताउनुभयो ।
सोमबार (आज) विहान प्रहरीलाई जानकारी प्राप्त भएपछि सूचना अघिकारी तथा प्रहरी निरीक्षक चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको मुचुल्का लिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा मृतक भिरबाट खसेको देखिएको उहाँको भनाई छ ।
शबको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।




