प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुन्छ : प्रधानमन्त्री ओली

दार्चुला । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृति बन्ने चेतावनी दिनुभएको छ ।

सोमबार (आज) कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा छेला औद्योगिक क्षेत्र शिलान्यास गर्दै उहाँले प्रतिनिधिसभा पुनःस्थापना भए देश निर्माणको काम प्रभावित हुने बताउनुभएको हो ।

’प्रतिनिधिसभा पुनस्थापना भए के हुन्छ ?  फेरि नयाँ प्रधानमन्त्री खोज्दै हिंड्नुपर्ने हुन्छ। भागबण्डा र लेनदेनको युग फेरि दोहरिन दिने !’ ओलीले भने, ’कुनै पार्टीको बहुमतको सरकार हुँदैन। त्यसो भएपछि समीकरणका अनेक खेल, सांसद किनबेच कसलाई कुन पद, भागबण्डा त्यही तमासाको राजनीति फेरि शुरू हुन्छ, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने भनेर दिएको अभिव्यक्तिबारे स्पष्टीकरण समेत दिनुभएको छ ।

आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पार्दै उहाँले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?