तल्लादेहिका वडाअध्यक्षलाई कुटपिट

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ९ तल्लादेहि का वडाअध्यक्ष रम्भा बोहरामाथि कुटपिट भएको छ ।

मंगलबार (आज) दिउँसो करिब दुई बजेतिर स्थानीय पदम बहादुर भण्डारीले वडा कार्यालयमा वडाअध्यक्षकै कार्यकक्षमा कुटपिट गरेको बताइएको छ ।

वडाअध्यक्ष रम्भा बोहराले रेडियो लोकदर्पणसंग भन्नुभयो, मैले सेवाग्राहीहरुलाई सेवा दिइरहेको थिए, आज अरु दिनको तुलनामा सेवाग्राहीको भिड पनि बढी थियो, सेवा प्रवाहकै क्रममा आफुमाथि हातपात भएको छ । २०७४ सालमा ट्युमरको शल्यक्रिया गरिएको हातमा चोट लाग्दा हात चलाउन समस्या भइरहेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।

आफुमाथि कुटपिट भएको विषयमा प्रहरीलाई जानकारी गराइसकेको, सेवाग्राहीहरु समेत साक्षी रहेको र भोलि मेडिकल परीक्षण समेत गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

निर्माणाधिन वडा कार्यालय भवन निर्माणको उपभोक्ता समिति परिवर्तनको विषयमा विवाद हुदा हातपात भएको बुझिएको छ ।

कुटपिट गरेको आरोप लागेका भण्डारी भवन निर्माण समितिको अध्यक्ष हुन् । उहाँले बजेट कार्यान्वयन गर्न नसक्दा समिति पुर्नगठनको विषयमा छलफल भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?