ओली समूहका सात नेतालाई कारबाही गर्ने प्रचण्ड–माधव समूहको निर्णय

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेतालाई कारबाही गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेतालाई कारबाही गरेको हो ।

बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निष्कासन गर्नुका साथै संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ ।

यस्तै, देव गुरुङलाई हटाएर प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा ल्याएका विशाल भट्टराईलाई पनि बैठकले कारबाही गरेको प्रचण्ड नेपाल समुहका पाटि प्रवक्ता नारायणकाजी क्षेष्ठले जानकारी दिनुभयो ।

यस्तै, बैठकले सचेतक शान्ता चौधरीलाई समेत कारबाही गरेको छ । यस्तै, सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्व उद्योग मन्त्रीद्वय महेश बस्नेत र कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट हटाएको हो ।

उनीहरुले पार्टीहित विपरित गतिविधि गरेको बैठकको निष्कर्ष छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?