दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा ८ मा रहेको शंकरपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तातरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको पहलमा स्वास्थ्य सेवा विभाग काठमाडौबाट उपलब्ध स्वास्थ्य सामाग्री आज (बिहीवार) शंकरपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।
आज एक कार्यक्रमका बीच मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक पदम राज पन्त तथा स्वास्थ्य शाखा प्रमुख गुणराज ओझालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पदम राज पन्तले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभाग काठमाडौबाट उपलब्ध ९ लाख ४३ हजार ७ सय ३७ रुपैयाँ बराबरका २ थान अक्सिजन सिलेन्डर, १ थान हाइड्रोजन अक्सिजन मेशिन, १ थान सक्सन मेशिन, एक्सट्राक्टर सेट, थर्मोमिटर, डिजिटल पाइप लगायतका विभिन्न स्वास्थ्य सामाग्री हस्तातरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
जनतालाई गाउँघरमै सजह र उपयुक्त स्वास्थ्य सेवा दिने प्रयास स्वरुप उक्त स्वास्थ्य सामाग्री हस्तातरण गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया