दार्चुलामा आज देखि दास्रो चरणको कोरोना विरुद्धको खोप लगाईदै

दार्चुला ।  दार्चुला आजबाट दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ ।

आजदेखि फागुन २७ गते सम्म जिल्लाका ७८ वटा खोप केन्द्रबाट ६५ वर्षमाथिका जेष्ठ नागरीकहरुलाई कोराना विरुद्धको खोप दिइने भएको हो ।

जिल्लामा दुई नगरपालिका तथा सात वटा गाउँपालिकाहरु बाट झण्डै ८ हजार ५ सय ७१ जना जेष्ठ नागरीकहरुलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुला सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

खोप दिनको लागी स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाको महाकाली नगरपालिकामा ११ वटा खोप केन्द्र तोकेको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा १३, व्यासँ गाउँपालिकामा ८, दुहुँ, नौगाड र अपि हिमाल गाउँपालिकामा समान ६ ÷६ वटा खोप केन्द्र रहेका छन् ।

यस्तै मालिकार्जुन गाउँपालिकामा १२ र लेकम गाउँपालिकामा ७ वटा खोप केन्द्र ताकिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?