दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शिद्धराज जोशी दार्चुला आउनु भएको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारी रहेका शरद कुमार पोखरलेको जिल्ला प्रशासन कार्यालय मोरङ सरुवा भएपछि जोशी दार्चुला आउनुभएको हो। गृह मन्त्रालयबाट शिद्धराज जोशीलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुला पठाइएको हो।
प्रमुख जिल्ला अधिकारी जोशीले आइतबार (आज) देखि कार्यालय सम्हाल्नुभएको छ । बझाङ घर भएका जोशीले आइतबार प्रशासनका कर्मचारीहरुबाट कार्यालयको बस्तुस्थितीका बारेमा जानकारी लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।





प्रतिक्रिया