दार्चुला । नेकपा पार्टी कार्यालय दार्चुलामा नेकपा एमालेको ब्यानर टाँगिएको छ।
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले जिल्ला पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।
नेकपा एमाले जिल्ला कमिटी दार्चुलाका उपाध्यक्ष उदयसिहँ बडाल, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, पार्टी उप सचिव चरन सिंह बुढाथोकी, प्रचार विभाग प्रमुख खडक सिंह बडाल लगायतको उपस्थितीमा पाटीं कार्यालययमा व्यानर राखिएको नेकपा एमाले जिल्ला कमीटी उपाध्यक्ष उदय सिंह बडालले जानकारी दिनुभयो ।
धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो । सोहीक्रममा दार्चुलामा पनि एमालेको ब्यानर राखिएको हो ।





प्रतिक्रिया