दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा आज देखि शिबरात्री मेला सुरु भएको छ ।
हरेक बर्ष महाशिबरात्रीका दिन देखि लाग्ने मेला यो बर्ष फागुन २७ गते अर्थात आज बाट लागेको हो ।
करिब एक हप्ता सम्म लाग्ने शिबरात्री मेलालाई यस क्षेत्रकै आर्थिक तथा धार्मीक रुपले महत्वपुर्ण मानिने गरेको छ ।
आज बाट सुरु हुने यो मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढी हुने गरेको छ । वर्षौदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष पनि निगालोबाट उत्पादित सामग्रीको कारोवार बढ्ने विश्वास गरिएको छ ।
गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार हुने गरेको छ ।
मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राख्ने गरेका छन ।यस वर्ष मेलामा निगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, डोका, छाप्रा लगायतको कारोवार बढी हुने गरेको छ ।
स्थानीय उत्पादीत बस्तुको लागी प्रख्यात मानिने गोकुलेश्वर मेलामा यो बर्ष पनि उलेख्य मात्रामा स्थानीय उत्पादनका बस्तुहरु रहेको व्यापारीहरुले बताएका छन ।





प्रतिक्रिया