चौलानी नदीमा लेकमका युवकको शव फेला

दार्चुला । चौलानी नदीमा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सेजालीका ३५ वर्षीय रमेश कार्की मृत फेला परेका छन्।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ स्थित चौलानी नदीको बीच भँगालोमा कार्की मृत फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताउनुभयो। रमेशको कसरी मृत्यु भयो भने यकिन हुन सकेको छैन। शव नदीले बगाएर ल्याएको जस्तो देखिएको साउदले बताउनु भयो।

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतसास गर्दा चौलानीमा मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?