दार्चुला । दार्चुलाको मालिकार्जुनमा ढुंगा लागेर एक जना पुरुषको मृत्यु भएको छ।
सोमबार बिहान दार्चुला गोकुलेश्वर सडक खण्डको किनारमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थक्तोली बस्ने ४५ वर्षीय वीर राम टमाटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।
ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर टमटाको घट्ना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया