दार्चुला । दार्चुलामा पहिलो र दोस्रो चरणमा १० हजार बढीले कोरोना विरुद्धको खोेप लगाएका छन् ।
जिल्लामा पहिलो चरणमा स्वास्थ्य कर्मी, स्वास्थ्य स्वायम सेवीका, एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालक, कोरोना संक्रमणको कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएका शुरक्षा कर्मी लगायत लाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।
त्यस्तै पहिलो चरणकै दास्रो प्राथमिकतामा परेका पहिलो चरणमा खोप लगाउन छुटेका लक्षित समुह, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, निजामती सेवाका कर्मचारी, सिमा शुरक्षामा खटिएका सुरक्षाकर्मी, बैैंंक तथा वित्तिय समुह, संघ संस्थामा कार्यरत कर्मचारी, पत्रकार लगायतलाई खोप लगाइएको थियो ।
दास्रो प्राथमिकतामा परेका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाईएको थियो ।
पहिलो चरणमा जिल्लामा कार्यरत चार सय १७ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाईएको थियो ।
त्यस्तै स्वास्थ्य संस्थामा सहयोगी कर्मचारी एक सय ३० जना, महिला स्वास्थ्य स्वंयम सेविका दुई सय ७९ जना, सरसफाईकर्मी ६३ जना, एम्बुलेन्स तथा सव वाहन चालक तथा सहचालक ९ जना, कोभिड १९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिएका ५६ जना सुरक्षाकर्मी, अन्तराष्ट्रिय सिमानाकामा कार्यरत ७१ जना कर्मचारी गरि जिल्ला भरि पहिलो चरणमा एक हजार तीन सय ५० जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका लक्षित समुहका ६६ जना स्वास्थ्य कर्मी, दोस्रो प्राथमिकतामा परेका ९ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी ७ सय जनालाई कोरोना विरुद्धको खोप लगाईएको थियो ।
त्यस्तै निजामति सेवाका कर्मचारी २ सय ५७ जना, नेपाल प्रहरी ३ सय २७ जना, सीमामा खटिएका सशस्त्र प्रहरी १ सय ७५ जना, बैंक तथा वित्तिय समूहका ८७ जना, प्राधिकरण तथा संस्थान अन्तर्गतका ८० जना, न्याय सेवाका १३ जना र ४१ जना पत्रकार गरि पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका २ हजार ३ सय १३ जनालाई खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै दास्रो प्राथमिकतामा रहेका जिल्लाका ९ वटै स्थानीय तहका ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई खोप लगाइएको थियो ।
जसमा व्यासँ गाउँपालिकामा ६ सय जना, दुहुँ गाउँपालिकामा ६ सय ५७ जना, महाकाली नगरपालिकामा १ हजार ३० जना, नौगाड गाउँपालिकामा ७ सय ८० जना, जेष्ठ नागरीकहरुले कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
अपि हिमाल गाउँपालिकामा २ सय ७० जना, मार्मा गाउँपालिकामा ८ सय ४० जना, शैल्यशिखर नगरपालिकामा ९ सय १० जना, मालिकार्जुन गाउँपालिकामा ९ सय २१ जना र लेकम गाउँपालिकामा ७ सय ८ जना गरी दास्रो चरणमा जिल्लाभरीका ६ हजार ७ सय १६ जना ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप लागाईएको स्थास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ ।

यसरि जिल्लामा पहिलो र दोस्रो चरणमा १० हजार ३ सय ७९ जनालाई कोरोना विरुद्धको खोप लगाउएको स्वास्थ्य कार्यालय दार्चुलाका जन स्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिनुभयो ।





प्रतिक्रिया