लोप हुँदै दार्चुलाको चैतलो

दार्चुला । कुनै समय चैत महिनाभरि दार्चुला सहित सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा परम्परागत चैतलोको धुनले गुञ्जायमान भइरहन्थे । चैतलोको धुनमा देवीदेवताका गाथा तथा परम्परागत संस्कृतिको विविध विद्यालाई लयबद्ध गरेर गाइने यो पर्व अहिले लोप हुँदै गइरहेको छ ।

नयाँ पुस्ताले यसबारेमा चासो नलिँदा सुदूरपश्चिमका पहाडी जिल्लामा चैतको महिनामा गाइने चैतलो लोप हुन थालेको हो । केही समय पहिले चैतको महिना सुरु भएसँगै गाँउघरमा हुड्को बाजाको धुनले गाँउघर नै गुञ्जायमान हुने गरेको भए पनि अहिले चैतलो लोप हँदै गइरहेको स्थानीयहरुले बताउने गरेका छन ।

हुड्को बाजा बजाएर देवीदेवताका गाथा, वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको
शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीय एंव मा वि मिलमिलीका शिक्षक धरम सिंह धामीले बताउनुभयो ।

अहिले चैतलो कहीँ कतै सुन्न सकिए पनि चैतलोमा गाइने परम्परागत गीत, भाव लोप हुन थालेको उहाँको भनाई छ । पछिल्ला पुस्ताले चैतलो के हो भन्ने समेत थाहा पाएका छैन्न ।

चैतलो सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको र यसको सकारात्मक पक्षका बारेमा जानकारी नदिँदा यो लोप हुँदै स्थानीय संकृतिका जानकारहरुको बुझाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?