दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवाग्राहीहरुलाई निःशुल्क फोटोकपी सेवा उपलब्ध गराउने भएको छ ।
प्रशासन कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा संग सम्बन्धीत कागजपत्रहरुको फोटोकपी निःशुल्क रुपमा प्रदान गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सुचनामार्फत जानकारी गराएको छ ।
दार्चुलाको भौगोलिक विकटतलाई दृष्टीगत गर्दै बृद्ध, अशक्त, अपाङ्ग लगायत सबै सेवाग्राहीहरुका लागि चैत्र ८ गते देखि लागु हुने गरी सरल र सहज रुपमा निःशुल्क फोटोकपी सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।
फोटोकपी सेवा निःशुल्क प्रदान गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयको सेवाग्राहीले स्वागत गरेका छन् ।
हेर्नुहोला जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक गरेको सूचना






प्रतिक्रिया