ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सम्पन्न (फोटोफिचर)

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा शुरु भएको ऐतिहासिक मेला सम्पन्न भएको छ । नौँ दशक लामो सास्कृतिक महत्त बोकेको गोकुलेश्वर शिवरात्री मेला व्यापारीक दृष्टिकोणले पनि प्रशिद्ध छ ।

एक हप्ता लामो गोकुलेश्वर मेलामा लुगाकपडा, मिष्ठान्न परिवारका साथै घरका लागि चाहिने स्थानीयस्तरमा उत्पादित बस्तुहरुको खरिदबिक्री भएको छ । निगाँलोबाट निर्मित डोको, मट्टा, सुप्पाको कारोबार बढी भएको स्थानीय व्यापारी भुवन भण्डारीले बताउनुभयो । मेलामा विभिन्न धातुका भाडाकुडाहरुका साथै फलामबाट बनेका हँसिया, बन्चरो, कोदालीहरु समेत विक्रिवितरण भएका छन् । व्यासी शौका समुदाय र तिब्बती मूलका व्यापारी समेत गोकुलेश्वर मेलामा उनबाट बनेका लुगाकपडाको व्यापार गर्न पुगेका थिए । घुसा तथा खण्डेश्वरीका व्यापारीहरुले मेलामा विभिन्न प्रकारका जडिबुटीहरु ल्याएर विक्री गरेको स्थानीय जिज्ञासु खत्रीले बताउनुभयो ।

दार्चुलासहित छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा र भारतका केहि ठाँउबाट समेत गरि हजारौँले गोकुलेश्वर शिवरात्री मेलाको अवलोकन गरेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा लाग्ने धार्मिक, पर्यटकीय र व्यापारिक महत्वले प्रशिद्ध गोकुलेश्वर मेला यस वर्ष गत फागुन २७ गतेबाट शुरू भएको थियो । गोकुलेश्वर महाशिवरात्री मेलाको सर्वप्रथम ८१ वर्ष पहिले विक्रम संवत १९९७ सालमा गोकुलेश्वरका तत्कालीन समाजसेवी स्वर्गिय लक्ष्मण विष्टले शुरूवात गरेको पाइएको छ । डिलासैनी गाउँपालिका–६, चौसेराका वृद्ध बहादुर नाथका अनुसार बिष्टले गोकुलेश्वरको जगतपुरीधामको मुन्तिरको बगरमा स्थानीयलाई निम्तो दिई मेला हेर्न आउनेलाई भोज खुवाएको र आफुले पनि त्यहीँ भोज खाएको सम्झना रहेको बताउनुभयो । आफ्नो यकिन उमेर कति हो भन्ने थाहा नरहेपनी आफुलाई सय वर्षभन्दा बढी उमेर भएको र गोकुलेश्वरको पहिलो मेला हेरेको सम्झिदै उहाँले स्वर्गिय लक्ष्मण बिष्टले नै यस गोकुलेश्वर मेलाको शुरूवात गरेको बताउनुभयो ।

नाथले भन्नुभयो, १९९७ साल भन्दा पहिले गोकुलेश्वरमा बजार थिएन । त्यहाँ रूखहरू थिए, यो ठाउँ जङ्गल जस्तो थियो, उतिबेला त्यहाँ महिलाहरू घाँसपात गर्न जान्थे, शिवरात्रीमा मेला लाग्न थालेपछि बिस्तारै पसलहरू थपिदै गएको उहाँले बताउनुभयो । शिवरात्री मेला लगाएको शुरूको वर्ष जम्मा ५०÷६० जना मात्रै मेला हेर्न आएका थिए । बिस्तारै मानिसहरूको भिड बढ्न थाल्यो, पछि अहिलेको बजार भएको ठाउँमा मेला स¥यो र मेला हेर्न आउनेहरूको संख्या बढ्दै गयो । अहिले त ठूलो बजार बनिसकेको छ गोकुलेश्वर ।

स्थानीय पिताम्बर बिष्टका अनुसार गोकुलेश्वर मेलाका शुरूवातकर्ता स्वर्गिय लक्ष्मण बिष्टले उतिबेला काठमाडौको पशुपतिबाट बालुवा लिइ जगतपुरीधामको बगरमा छर्किएको र स्थानीयहरूलाई निम्तो दिइ यज्ञसमेत लगाएर शिवरात्री मेलाको शुरूवात गरिएको जानकारी आफुलाई रहेको बताउनुभयो । शुरूवाती वर्षहरूमा बयरको किनबेच गरि स्थापना गरिएको यस मेलामा विगत ३०÷४० वर्षदेखि करोडौंको कारोबार भइरहेको बताउदै बिष्टले यस मेलाको अस्तित्व रक्षाका लागि अहिलेको पुस्तालाई यसको इतिहासबारे सचेत गराउनु आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

८१ वर्ष पुरानो इतिहास बोकेको गोकुलेश्वर शिवरात्री मेला गोकुलेश्वरसहित अन्य ठाउँका व्यक्तिहरूका लागि समेत धार्मिक रूपमा आस्थाको केन्द्र बन्दै गएको छ भने व्यापारिक तवरले पनि यस क्षेत्रमा अगाडि रहेको छ । पुर्खाले शुरूवात गरेको यस ऐतिहासिक पर्वको संरक्षण र अस्तित्व रक्षाका लागि स्थानीय सरकारका साथै सबै समुदायले चासो दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

मेलामा अपिको जडिबुडी, घोल्जरका डोका, सुप्पा, डडेल्धुराको पर्शुरामका पारा, बिण्णा, व्यासका दन चुट्का, भारत मदुरासको मिठाइ, विभिन्न धातुका भाडाकुडा, स्थानीयदेखि बजारीया फलफुलका साथै दैनिक जनजीवनका विभिन्न सामाग्रीहरु पाइने गरेका छन् ।

तस्बिरहरु : सामाजिक सञ्जालबाट

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?