दार्चुला । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा दार्चुलाबाट ५० जना मात्रै उत्तिर्ण भएका छन ।
शुक्रबार प्रकाशित नतिजा अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समुह र साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा दार्चुलाबाट ५० जना मात्रै उत्तिर्ण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ ।
दार्चुलाबाट खुल्लामा ३५ जना खुल्ला दलितमा ४ जना, दलितमा ४ जना, खुल्ला महिला तर्फ २ जना, महिला तर्फ ४ जनागरी जम्मा ५० जना उत्तिर्ण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । गत पुष १८ गते लिइएको जवान पदको लिखित परिक्षामा दार्चुलाबाट भण्डै ४५७ जनाले लिखित परीक्षा दिएका थिए ।
देशैभरबाट २ हजार २ सय २७ जना परिक्षार्थी उत्तिर्ण भएका छन् । सशस्त्र प्रहरीले १८ सय ३३ जनाका लागि विज्ञापन गरेको थियो । लिखित परिक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका थिए ।
दार्चुलाबाट उत्तिर्ण भएका परिक्षार्थीको सूचि हेर्नुहोस






प्रतिक्रिया