दार्चुलाका आठ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप

दार्चुला । दार्चुलामा हालसम्म आठ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

गत फागुन २३ गतेदेखि चैत ५गते सम्म ८ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । दोश्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिकाका १ हजार ३ सय ९०, महाकाली नगरपालिकाका १ हजार २७०, मालिकार्जुन गाउँपालिकाका १ हजार ८६, मार्मा गाउँपालिकाका ९९० जनाले खोप लगाएका छन् ।

त्यसैगरी नौगाड गाउँपालिकाका ९ सय ७०, लेकम गाउँपालिकाका ९४८, दुहुँ गाउँपालिकाका ७५७, व्यास गाउँपालिकाका ७ सय र अपिहिमाल गाउँपालिकाका ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?